Section 14
दण्ड सजाय

(१) कसैले र्सार्वजनिक लिखत किर्ते गरेमा, नभएको कुरा प्रमाणीकरण वा प्रमाणित गरेमा वा केरमेट गरेमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २७६ को उपदफा (३) बमोजिम सजाय हुनेछ।

(२) …….
(३) उपदफा (१) वा (२) बमोजिम कसूर गर्न उद्योग वा दुरुत्साहन गर्ने वा मतियारलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(४) यस दफा बमोजिम कसूर गरेको कारणबाट कसैलाई कुनै किसिमको हानि नोक्सानी भएको रहेछ भने सो बापत क्षतिपूर्ति समेत कसूरदारबाट भराउनु पर्नेछ ।